सर्लाही बरहथवा घटना सम्बन्धमा नेपाली कांग्रेसको ध्यानाकर्षण
प्रकाशित मिति
२०८० पुष २२ गते, आईतवार ११:३४
पुस २२, २०८० काठमाडौँ: सर्लाहीको बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार दिउँसो सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको, केही व्यक्ति घाइते भएको र त्यसपछि उत्पन्न परिस्थितिको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको हिजो एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ । नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ ।
साथै मृतकप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको विज्ञप्तिमा जनाइएको छ । घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेसले माग गर्दछ ।
साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपिल गरेको छ ।
प्रतिकृया