• 3:13 pm

सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाको मृत्यु

प्रकाशित मिति

२०८० पुष २० गते, शुक्रबार ०४:५५

पुस २०, २०८० काठमाडौँ: सर्लाहीको बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ । शुक्रबार अस्पतालबारे छलफल गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद भएपछि स्थिति झडपमा परिणत भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले मृतकको पहिचान भैनसकेको जनाए । उनका अनुसार झडपमा प्रहरीतर्फ सात जना घाइते भएका छन् ।

आक्रोशित समूहले वरहथवा नगरपालिकाका मेयर कल्पनाकुमारी कटवालको घरमा गएर तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेको थियो ।

प्रतिकृया