• १३:४६ २०८० फाल्गुन ११ गते
  • 1:46 pm

मेलम्चीको पानी माग्दै खाली गाग्री बोकेर प्रदर्शन

प्रकाशित मिति

२०८० पुष २० गते, शुक्रबार ०३:५३

gagri

पुस २०, २०८० काठमाडौँ: मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित ललितपुरमा प्रदर्शन गरेका छन् । मेलम्चीको पानी तुरुन्त खोल भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरूले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गरी निरन्तर पानी आउने अवस्था बनाउन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले पानीमा भ्रष्टाचार बन्द गर, भ्रष्टाचारी सरकार राजीनामा दे, तुरुन्तै मेलम्चीको पानी खोली दे लगायतका नारा लगाउँदै खाली गाग्री र भाँडो प्रदर्शन गरेका थिए ।

मेलम्चीको पानी आउन नसक्दा खानेपानीमा समस्या भएकाले तत्काल जनताको माग सरकारले सुनुवाई गर्नुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिकृया