• 3:52 pm

भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्दै जयशंकर

प्रकाशित मिति

२०८० पुष २० गते, शुक्रबार ०८:४०

पुस २०, २०८० काठमाडौँ: भारतीय विदेशमन्त्री एस जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार (हिजो) नेपाल आएका जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्न लागेका हुन् ।

बिहान साढे ९ बजे जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी आजै स्वदेश फर्किंदै छन् । जयशंकर मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।

हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।

प्रतिकृया