शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गर्ने पाइलट बिरुद्ध मुद्दा दायर
प्रकाशित मिति
२०८० पुष १९ गते, बिहीबार ०४:२५
पुस १९, २०८० काठमाडौँ: नेपाल बायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र झुटा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
२०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ तहको विमान चालक क्याप्टेनमा बढुवा भएका शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।
शाहले भारतको उत्तर प्रदेशको भीएसजे इन्टरकलेज सरहरी गोरखपुरबाट प्रथम श्रेणीमा आईए पास गरेको भनेर बुझाएका कागजात नक्कली भएको पाइएको अख्तियारले जनाएको छ । उनले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
Related
Recent News
- छ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
- गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियालाइ अघि बढाउँदै
- राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
- भीम रावलले राखे नयाँ पार्टीको नाम
- काठमाडौँ महानगरलाई दुग्ध विकास संस्थानले एकैपटक तिर्यो ३१ वर्षको सम्पत्ति कर
- रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई
- अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउँछौँ : गृहमन्त्री लेखक
- हमास युद्धविराम सम्झौतालाई इजरायलले अनुमोदन गर्दै
प्रतिकृया