विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
प्रकाशित मिति
२०८० पुष १९ गते, बिहीबार ०३:५६

पुस १९, २०८० काठमाडौँ: जिल्ला बर्दिया, बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखर स्थित ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक पवन साउदलाई सेवाग्राहीबाट रु.३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।०८।१२ गते नियन्त्रणमा लिएको कुरा आज एक प्रेस विज्ञप्ति मार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदले लागू औषध मुद्दामा सहजीकरण गरिदने कार्यको लागि सेवाग्राहीबाट रु.30,000।- घुस/रिसवत माग गरी लिई निजले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 (1) (ख) मा उल्लेखित कसुर गरेको हुँदा निज पवन साउदलाई रु.30,000।- (तीस हजार रुपैयाँ) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3(1) (ख) बमोजिम कैद र विगो बमोजिम जरिवानाको मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको बताएकाे छ।

प्रतिकृया