• 12:55 pm

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति

२०८० पुष १९ गते, बिहीबार ०१:०७

पुस १९, २०८० काठमाडौँ: भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् ।

प्रतिकृया