• 4:10 pm

दुई देशका मन्त्रीले ३ वटा विद्युत् प्रसारण लाइनको संयुक्त उद्घाटन गर्ने

प्रकाशित मिति

२०८० पुष १८ गते, बुधबार ०२:२०

पुस १८, २०८० काठमाडौँ: नेपाल र भारतबीच बिहीबार कम्तीमा दुई वटा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।

भारतीय विदेशमन्त्री जयशंकर बिहीबारै नेपाल आउनेछन् । नेपाल–भारतबिच हुने संयुक्त आयोगको बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् । काठमाडौंमा बिहीबार हुने नेपाल–भारत संयुक्त आयोगको बैठकपछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा ती सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

हस्ताक्षरको लागि तयारी गरिएको सम्झौतामा नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्नेसम्बन्धी सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)को बजेट सीमा पाँच करोडबाट २४ करोड रुपैयाँ पुर्‍याउनेसम्बन्धी सम्झौता छन् ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार बिहीबार नै तीन वटा अन्तरदेशीय विद्युत् प्रसारण लाइनको पनि उद्घाटन गरिने छ । रक्सौल–परवानीपुर, कुशहा कटैया र नौतनुवा– मैनिया विद्युत् प्रसारण लाइनको उद्घाटन परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया