हिमालयन रिइन्सुरेन्सको सेयर डिम्याट खातामा जम्मा
प्रकाशित मिति
२०८० पुष १८ गते, बुधबार ०२:०३
पुस १८, २०८० काठमाडौँ: हिमालयन रिइन्सुरेन्स लिमिटेडको सेयर डिम्याट खातामा जम्मा भएको छ । यसलाई ‘एचआरएल’ संकेत प्रदान गरिएको छ । नेप्सेमा आइपीओ सूचीकृत भएपछि यसको नियमित कारोबार सुरु हुनेछ । हिमालयन रिइन्सुरेन्सको आइपीओ गत बुधबार (पुस ११ गते) बाँडफाँट भएको थियो । यसमा सर्वसाधाणले अधिकतम ४० कित्तासम्म सेयर हात पारेका छन् ।
यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएका छन् । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको हो । कुल २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् । कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो ।यसले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा बिक्री खुला गरेको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हिमालयन रिइन्सुरेन्स लिमिटेडलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ ।
प्रतिकृया