• 12:41 pm

एमाले प्रदेश पदाधिकारीको १९ गते काठमाडौँमा भेला हुने

प्रकाशित मिति

२०८० पुष १८ गते, बुधबार ११:०१

पुस १८, २०८० काठमाडौँ: नेकपा एमाले प्रदेश पदाधिकारीको यही पुस १९ गते काठमाडौँमा भेला हुने भएको छ ।

नवनिर्वाचित प्रदेशका पदाधिकारीको १९ गते भेला हुन लागेको हो । भेलामा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतका सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइनेछ । भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। पार्टी नेताहरूले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिने एमालेले जनाएको छ ।

प्रतिकृया