• ०५:०३ २०८० फाल्गुन १२ गते
  • 5:03 am

पूर्वपरराष्ट्रमन्त्री र भारतका लागि पूर्वराजदूतहरूसँग परराष्ट्रमन्त्रीले गरे छलफल

प्रकाशित मिति

२०८० पुष १७ गते, मंगलवार ०४:३०

saud

पुस १७, २०८० काठमाडौँ: परराष्ट्रमन्त्री एनपी साउदले पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूसँग छलफल गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको आगामी नेपाल भ्रमणको तयारीका सिलसिलामा परराष्ट्रमन्त्री साउदले पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूसँग छलफल गरेका हुन् ।

छलफलमा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूले भारतसँगको नेपालको सम्बन्ध महत्त्वपूर्ण रहेकोमा जोड दिँदै सम्बन्धलाई मित्रवत सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिएका थिए ।

उनीहरूले बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजना समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने पनि सुझाव दिएका थिए ।

मन्त्रालयमा सम्पन्न छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, पूर्वपरराष्ट्र सचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्वराजदूत दुर्गेशमान सिंहलगायत सहभागी थिए ।

प्रतिकृया