• १४:०३ २०८० फाल्गुन ११ गते
  • 2:03 pm

अवतरणका क्रममा विमानमा आगलागी

प्रकाशित मिति

२०८० पुष १७ गते, मंगलवार ०४:१९

agalagi1

पुस १७, २०८० काठमाडौँ: जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो । मंगलबार साँझ यो घटना भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान र धावनमार्गमा आगो देखिएको छ । अवतरणपछि विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ । घटना हुँदा विमानमा यात्री सवार थिए । जेएएल ५१६ विमानले जापानको होक्काइदोबाट उडान भरेको बताइएको छ ।

कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको रोयटर्सले उल्लेख गरेको छ । विमानमा सवार ३७९ यात्रु र चालक दलका सबै सदस्यलाई बाहिर निकालिएको बताइएको छ ।

प्रतिकृया