• १३:०७ २०८० फाल्गुन ११ गते
  • 1:07 pm

प्रधानमन्त्री मन्त्रीमण्डल पुन: गठनको मानसिकतामा हुनुहुन्छ : अग्नि सापकोटा

प्रकाशित मिति

२०८० पुष १७ गते, मंगलवार ०३:१८

agni

पुस १७, २०८० काठमाडौँ: सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीमण्डल पुन:गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहनुभएको बताएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले पुन:गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताउनु भयो । उहाँले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुन:गठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ । तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा रिसफल गरेर भनेपनि मन्त्रीहरुको कामलाई अघि बढाउनुपर्छ, सिंगो मन्त्री परिषद्को कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ । तर ठोस समीक्षा भएको छैन । उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ । त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ ।’

प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताउनु भयो ।

प्रतिकृया