• ११:४३ २०८० फाल्गुन ११ गते
  • 11:43 am

नबिल बैंकले घटायो सीईओको तलब भत्ता

प्रकाशित मिति

२०८० पुष १७ गते, मंगलवार ११:५२

nabil

पुस १७, २०८० काठमाडौँ: नबिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई दिने तलब भत्ता ४३.८३ प्रतिशतले घटाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले सीईओलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता दिने गरेको थियो । गत आवको सोही अवधिमा बैंकले सीईओलाई दिने तलब भत्ता ४३.८३ प्रतिशतले घटाएर १ करोड ५९ लाख २० हजार ६३३ रुपैयाँ दिएको जनाएको छ ।

बैंकले सीईओलाई गत आवमा अल्पकालीन कर्मचारी लाभबापत १ करोड ५१ लाख २८ हजार ६३३ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । जसमा तलब बापत मात्रै गत आवमा सीईओलाई ७९ लाख २० हजार, अन्य लाभ र सुविधाबापत ७२ लाख ८ हजार ६३३ रुपैयाँ र निवृत्त लाभबापत ७ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ ।

हाल बैंकको सीईओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् । उनी बैंकमा २०७९ असार १७ गतेदेखि सीईओ रहेका छन् । उनले तलब भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर तिरेका छन् । यस्तै बैंकले सञ्चालकका लागि गरेको खर्च भने बढेको छ । बैंकले सञ्चालकका लागि गर्ने गत अघिल्लो आवको तुलनामा गत आवमा १४.५६ प्रतिशतले बढेको छ ।

अघिल्लो आवमा बैंकले सञ्चालकको भत्ता बापत ९८ लाख ५५ हजार ६२२ रुपैयाँ खर्च गरेको थियो । गत आवमा १ करोड १२ लाख ९० हजार ७०५ रुपैयाँ खर्च गरेको छ ।

प्रतिकृया