• १२:३९ २०८० फाल्गुन ११ गते
  • 12:39 pm

लोकतन्त्रको प्रतिस्पर्धी अझै राम्रो लोकतन्त्र : देउवा

प्रकाशित मिति

२०८० पुष १७ गते, मंगलवार ०८:४३

deuba

पुस १७, २०८० काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको प्रतिस्पर्धी अझै राम्रो लोकतन्त्र भएको बताएका छन् ।

पार्टीले मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै लोकतन्त्रको प्रतिस्पर्धामा अझ राम्रो लोकतन्त्र बनाउनुको विकल्प नभएको बताए।

‘त्यसकारण लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो। अझ यसलाई राम्रो बनाउने बाहेक अरु केही हुन सक्दैन’, सभापति देउवाको भनाइ थियो।

देउवाले लोकतन्त्र र गणतन्त्रको विकल्प खोज्ने कुरा हुनै नसक्ने कुराहरू भएको बताए। उनले संविधानमा बीपीको मेलमिलाप नीतिको केही न केही प्रभाव छ भन्ने आफूलाई लागेको बताए।

प्रतिकृया