• ०४:२१ २०८० फाल्गुन १२ गते
  • 4:21 am

डी.ए.भी. कलेजले फुटसल प्रतियोगिता आयोजना गर्दै

प्रकाशित मिति

२०८० पुष १६ गते, सोमबार ०५:००

futsal scaled

पुस १६, २०८० काठमाडौँ: खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता यही मिति २०८०/१०/१३ गते तदअनुसार सन् २०२४/१/२७ मा आयोजना गर्ने भएको छ ।

कलेजका प्रिन्सिपल श्री सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा विजेता टिमलाई रु. ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु. २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाउनुभएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही रु. १५ हजार प्रदान गरिने जानकारी दिनुभएको छ ।

ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ३२ वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।

प्रतिकृया