• १२:४३ २०८० फाल्गुन ११ गते
  • 12:43 pm

अभिनेता प्रदीप खड्काले सुरु गरे रेस्टुरेन्ट व्यवसाय

प्रकाशित मिति

२०८० पुष १६ गते, सोमबार ०२:०३

pradip2

पुस १६, २०८० काठमाडौँ: अभिनेता प्रदीप खड्काले रेस्टुरेन्ट व्यवसाय सुरु गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौँस्थित गैरीधारामा उनले ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सुरु गरेका हुन् । सो रेस्टुरेन्टमा आइतबार साँझ ‘न्यू इयर इभ २०२४’ कार्यक्रम समेत गरिएको थियो । उक्त अवसरमा प्रदीपले फ्यानहरूसँग प्रत्यक्ष साक्षात्कार कार्यक्रम राखेका थिए ।

फिल्म अभिनय सँगसँगै व्यवसायलाई पनि एकसाथ लैजाने योजनाले रेस्टुरेन्टमा जोडिएको प्रदीपको भनाई छ । २ करोडमाथिको लागतमा खुलेको रेस्टुरेन्टमा उनका केही पार्टनर पनि रहेका छन् ।

प्रदीप ‘प्रेम गीत ३’ र ‘प्रकाश’पछि अभिनयबाट ब्रेकमा छन् । उनी हाल ‘पूजार सार्की’, ‘एरी’, ‘एक्टर’ लगायत प्रोजेक्टमा व्यस्त छन् ।

प्रतिकृया