• 4:22 am

मन्त्री सो बाटोबाट जानु नै बालकुमारी घटना घट्नुको मुख्य कारण : प्रहरी महानिरीक्षक कुँवर

प्रकाशित मिति

२०८० पुष १६ गते, सोमबार ११:५७

पुस १६, २०८० काठमाडौँ: प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गरेकैले दुई जनाको ज्यान जाने गरी घटना घटेको बताउनुभएको छ । सो कुरा उहाँले राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी दिँदै बताएका हुन् ।

मन्त्री उक्त मार्ग हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको भन्दै उहाँले बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने बताउनुभयो । राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी महानिरीक्षक कुँवरले बालकुमारीमा गोली चलेको तर कतिबेला चलेको भन्ने एकिन नभएको बताउनुभयो ।

ईपीएस भाषा परीक्षार्थीहरुले गरेको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो भने घटनामा दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । मृतकमध्ये एक जनाको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । अर्को एक जना मृतकको छातीमा बन्दुकको कुन्दाले हानेको जस्तो देखिने डाम थियो । “मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन, मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको हो”, उक्त घटनाबारे संसदीय समितिलाई जानकारी गराउँदै महानिरीक्षक कुँवरले भन्नुभयो ।

उहाँका अनुसार ११ः५४ मा हातपात हुने अवस्था आएपछि पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको र १२ बजे मन्त्रीको गाडीमा आगजनी भएको थियो ।

प्रतिकृया