• 7:20 am

पीडितलाई १० लाख दिनुले मात्र समस्याको समाधान हुँदैन् परिवारको रेखदेख गर्नुपर्छ : चित्रबहादुर केसी

प्रकाशित मिति

२०८० पुष १६ गते, सोमबार ११:४२

पुस १६, २०८० काठमाडौँ: राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बालकुमारी घटनालाई लिएर पीडितलाई १० लाख क्षतिपूर्ति दिएर मात्र समस्या समाधान नहुने बताएका छन् । बालकुमारी घटनाबारे आज राज्य व्यवस्था समितिको बैठकमा उनले पीडितहरुलाई १० लाख दिएर समस्या समाधान नभइ झन् पीडित ठगिने भन्दै सरकारले पीडितका परिवारको रेखदेख गर्नुपर्ने माग गरे ।

उनले भने,‘लोकतन्त्र र गणतन्त्र माथि नै प्रहार भइरहेको छ । किन प्रहार भईरहेको छ रु हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौं तर नेपाली जनतालाई के दियौंरु अब पीडितहरुलाई हामीले १० लाख दिएर समस्या समाधान हुँदैन । अरु यस्ता पीडित थपिन्छन् । त्यसैले सरकारले उहाँहरुको परिवारको रेखदेख गर्नुपर्छ । जसले गल्ति गरेको छ छानबीन गर्नुपर्छ ।’

उनले सो घट्ना नयाँ युवाहरुको आक्रोसलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्ने आशंका व्यक्त गरे ।

उनले भने,‘जहाँसम्म अस्तिको घट्नाको कुरा छ । यो सरकार बनेदेखि नै यस्तै आन्दोलन त भइरहेको थियो । यहाँ यो नयाँ युवाहरुको आक्रोसलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्छ है,जसरी हामीलो यो घट्नालाई सोझो पारामा हेरिरहेका छौं त्यो नहुन सकछ ।’

प्रतिकृया