• ११:४८ २०८० फाल्गुन १३ गते
  • 11:48 am

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट वार्नरले सन्यास लिने घोषणा गरे

प्रकाशित मिति

२०८० पुष १६ गते, सोमबार ११:०९

warner

पुस १६, २०८० काठमाडौँ: अस्ट्रेलियन ओपनर डेविड वार्नरले टेस्टसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । वार्नरले सोमबार सामाजिक संजालमार्फत एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास लिने जनाएका हुन् ।

वार्नरले सन् २००९ मा दक्षिण अफ्रिकाविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यही वर्ष सम्पन्न एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्धको खेल नै उनको लागि अन्तिम एकदिवसीय खेल बन्न पुग्यो । विश्वकपमा वार्नरले एक हजार ५२७ रन बनाएका छन् ।

वार्नरले पाकिस्तानविरुद्ध बुधबारदेखि सुरु हुने तेस्रो तथा अन्तिम टेस्ट खेल्नेछन् । यो नै उनको अन्तिम टेस्ट खेल हुनेछ । वार्नरले सन् २०११ मा न्युजिल्यान्डविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा मा डेब्यू गरेका थिए ।

वार्नरले १११ टेस्ट खेलमा २६ शतक र ३६ अर्धशतकसहित कुल ८ हजार ६९५ रन बनाएका छन् ।

प्रतिकृया