तमु ल्होसारको उपलक्ष्यमा नेपाली कांग्रेसको शुभकामना
प्रकाशित मिति
२०८० पुष १५ गते, आईतवार ११:४४
पुस १५, २०८० काठमाडौँ: तमु (गुरुङ) जातिकोे महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेसले सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । उक्त कुरा आज एक प्रेस विज्ञप्ति मार्फत जनाएको हो ।
तमु जातिको नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको छ । यो पर्वले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ । यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने आफूले विश्वास लिएको सभापति देउवाले बताउनुभएको छ ।
तमु ल्होसारले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् । यो महत्वपूर्ण पर्वका अवसरमा सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया