• 11:45 pm

सरकारको राजीनामा माग्दै रास्वपाका नेता–कार्यकर्ता उत्रिए सडकमा

प्रकाशित मिति

२०८० पुष १४ गते, शनिबार ०६:२६

पुस १४, २०८० काठमाडौँ: बालकुमारी घटनाका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् । शनिबार ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा मागेको हो ।

सो पार्टीकी नेत्री एवं सांसद तोसिमा कार्कीले हरेक नागरिकको बाँच्न पाउने अधिकार हुँदाहुँदै पनि युवाले गरेको प्रदर्शनमा गोली चलाउनु दुःखद भएको बताइन् । उनले दुई युवाको हत्या घटनाको रास्वापाले घोर भर्त्सना गरेको उल्लेख गरिन् ।

उक्त घटनामा गृह मन्त्रालयले छानबिन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरिन् ।

प्रदर्शनमा सहभागीले ‘प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त १ अझै कति रु’, ‘नालायक सरकार राजीनामा दे,’ ‘मृतकलाई सहिद घोषणा गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिकृया