• 5:34 pm

बालकुमारी घटना: मृतक परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने

प्रकाशित मिति

२०८० पुष १४ गते, शनिबार ०६:१५

पुस १४, २०८० काठमाडौँ: सरकारले बालकुमारी घटनामा मृत्यु भएकाकाे परिवारलाई १०/१० लाख रुपैयाँ दिने भएकाे छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीको बैठकले यस्ताे निर्णय गरेकाे हाे।

सरकारले मृतकको शव उनीहरूको घरसम्म पुर्‍याइदिने निर्णय पनि गरेको छ । साथै बैठकले इपिएस कोरिया शाखाका हाकिम, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका पिएसओ र फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षकलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ।

शुक्रबार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरूले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएका थिए।

परीक्षा दिन पाउनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीको गोली र लाठीचार्ज हुँदा दुई युवकको ज्यान गएपछि यतिबेला सरकारको चर्को आलोचना भइरहेको छ।

प्रतिकृया