• ११:१२ २०८० फाल्गुन १३ गते
  • 11:12 am

वैदेशिक रोजगार विभागको महानिर्देशकमा डण्डुराज घिमिरे नियुक्त

प्रकाशित मिति

२०८० पुष १४ गते, शनिबार १२:०६

danduraj

पुस १४, २०८० काठमाडौँ: वैदेशिक रोजगार विभागको महानिर्देशकमा सह–सचिव डण्डुराज घिमिरे नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घिमिरेलाई महानिर्देशकको रूपमा पठाएको हो ।

घिमिरे मन्त्रालयको प्रवक्ता समेत हुन् । यसअघिका महानिर्देशक मदन दाहालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको सरुवा गरिएको थियो । उनको सरुवा गरेको तीन सातापछि मन्त्रालयले नयाँ महानिर्देशक पठाएको हो ।

सेवाग्राहीको निकै नै बढी चाप हुने कार्यालय मानिने विभाग तीन साता महानिर्देशकविहीन बनेको थियो ।

प्रतिकृया