• 2:13 pm

कस्तो रहनेछ आजको मौसम ?

प्रकाशित मिति

२०८० पुष १४ गते, शनिबार ०९:००

पुस १४, २०८० काठमाडौँ: केही दिनदेखि उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज दिउँसोबाट पश्चिमी वायुको आंशिक प्रभाव पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराई भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया