• ०५:१८ २०८० फाल्गुन १२ गते
  • 5:18 am

सन्दीप लामिछानेलाई हुन सक्छ ७ देखि १० वर्षसम्म कैद सजाय

प्रकाशित मिति

२०८० पुष १४ गते, शनिबार ०८:५७

sandip

पुस १४, २०८० काठमाडौँ: बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय पुस २५ गते तोकिने भएको छ ।

आज जिल्ला अदालत काठमाडौंले सहमतिमा करणी भएको नदेखिएकाले सन्दीपले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१, २ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ‘ङ’ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई सहमतिबिना करण गरी ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

image 19

प्रतिकृया