• 3:47 am

ईपीएस आवेदन फाराम भर्न नपाएको भन्दै सिप बिल्डिङमा फेल भएकाहरू आन्दोलित, बालकुमारी क्षेत्रको स्थिति तनावग्रस्त

प्रकाशित मिति

२०८० पुष १३ गते, शुक्रबार ०१:१९

पुस १३, २०८० काठमाडौँ: रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरू विरोधमा उत्रिएका छन् । ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलन थालेका हुन् । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै आन्दोलन थालेका हुन् ।

उनीहरूले बालकुमारीसहित सो क्षेत्रको सडक अवरुद्ध पार्दै ढुंगामुढा प्रहार गर्दै आएका छन् भने एक मन्त्रीको गाडीमा आगजनी समेत गरेका छन् । अहिले त्यस क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् । उनीहरूलाई उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाइएको थियो ।

प्रतिकृया