• 7:05 pm

घले समूहले १३८ किलो सुन विमानस्थलबाट भित्र्याएका थिएः छानबिन समिति

प्रकाशित मिति

२०८० पुष ८ गते, आईतवार ०३:२९

पुस ८, २०८० काठमाडौँ: १४ केजी सुन प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर घलेले यसअघि पनि सुन ल्याउने गरेका छानबिन समितिले बताएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पत्रकार सम्मेलन गर्दै समितिले गरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको निष्कर्ष निकालेको हो ।

मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याईएको १४ किलो सुनसहित गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले पक्रउ परेका थिए । त्यसपछि छानबिन समिति गठन भएको थियो । त्यसबारे छानबिन गर्न गठित समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको छ ।

समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए। मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ ।

समितिको अनुसार एयरपोर्टमा सेटिङ मिलाउन मीनबहादुरले दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठले सहयोग गर्ने गरेको बताएको छ ।

प्रतिकृया