• 6:12 pm

प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन शनिबार काठमाडौँमा सुरु सुरु

प्रकाशित मिति

२०८० पुष ७ गते, शनिबार ०५:३४

पुस ७, २०८० काठमाडौँ: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या, मन्त्रालय सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन शनिबार काठमाडौँमा सुरु भएको छ ।

सम्मेलनमा देशभरिका सम्पूर्ण प्रत्यारोपण सम्बन्धी विज्ञहरू एकै थलोमा जमघट भएका छन् । नेपालका प्रत्यारोपण विज्ञहरू, समाजसेवी, पत्रकार, कालाकार, कानुनविद् तथा प्रत्यारोपण तथा मस्तिष्क मृत्यु पश्चात् अंगदान हुन सक्ने अस्पतालका आइसीयू इन्चार्ज, ट्रान्सप्लान्ट कोर्डिनेटर, प्रत्यारोपण हुन भई रहेका र हुन सक्ने अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ प्रमुखका साथै विदेशी प्रत्यारोपण विज्ञहरूको पनि सहभागिता रहेको छ ।

प्रत्यारोपण सम्बन्धी सम्मेलनले देशका सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गरी मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धी कार्यले अझै प्रभावकारी रूपमा गति लिने विश्वास लिइएको छ ।

सम्मेलनमा नेपाली विज्ञहरूबाट ११ वटा कार्यपत्र र विदेशी विज्ञहरूबाट ९ वटा कार्यपत्रहरू प्रस्तुत हुने कुरा मूल आयोजक कमिटीका संरक्षक डा पुकार चन्द्र श्रेष्ठले बताए ।

उक्त सम्मेलनको नारा मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण भन्ने रहेको छ जसबाट देशमा अंगदान सम्बन्धी समस्या र सोको समाधान तथा मृत्यु पश्चात् अङ्ग दिन सकिने प्रावधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान र प्रत्यारोपण कार्य सुचारु हुने विश्वास गरिएको छ ।

एक दिने सम्मेलनबाट देशका नीति निर्माण र कार्यान्वयन तहमा कार्यरत व्यक्तिहरू लाई नीति नियम तर्जुमा गर्न मार्ग दर्शन हुनेछ भने उपचारमा नयाँ प्रविधि र विज्ञताको प्रयोगले सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा आयोजक कमिटीका अध्यक्ष डा कल्पना कुमारी श्रेष्ठले बताइन् ।

उक्त सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको थियो । सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता माननीय स्वस्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गरेका थिए । उक्त सम्मेलनमा राजेन्द्र पाण्डे, रञ्जु झा, डा. चन्दा कार्की, पूर्व मन्त्री महेश बस्नेत, भारतीय विषेशज्ञ, र नेपालका चिकित्सा क्षेत्रमा ख्याती प्राप्त विज्ञ, पूर्व मुख्य सचिव, सचिवज्यूहरु, पत्रकार, समाजसेवी, कलाकार, लगायतको उपस्थिति थियो ।

प्रतिकृया