कर्माचार्यलाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे प्रधानमन्त्री र गृहमन्त्री
प्रकाशित मिति
२०८० पुष ७ गते, शनिबार १२:४५
पुस ७, २०८० काठमाडौँ: नेकपाका संस्थापक स्वर्गीय नरबहादुर कर्माचार्यका भाइ लक्ष्मणबहादुर कर्माचार्यको शनिबार बिहान पशुपति आर्यघाटमा अन्तयष्टि गरिएको छ ।
कर्माचार्यको ९६ वर्षको उमेरमा गएराति ललितपुरको कुम्भेश्वरस्थित आफ्नै घरमा निधन भएको थियो । अन्त्यष्टिअघि पशुपति आर्यघाटमा पुगेर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितले कर्माचार्यप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कर्माचार्यको निधनप्रति नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, ललितपुरले दुःख व्यक्त गरेको छ। गृहमन्त्री श्रेष्ठ नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष छन् ।
आर्यघाटमै पुगेर प्रतिष्ठानका कार्यवाहक अध्यक्षसमेत हरका माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेल, सचिव सीता पोखरेल, स्वर्गीय कर्माचार्यकी छोरीसमेत रहेकी प्रतिष्ठानका कोषाध्यक्ष सुसन कर्माचार्य, कर्माचार्यकी जिवनसंगिनी, छोरा, छोरी तथा आफन्त र शुभचिन्ततकले कर्माचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रतिकृया