नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि जनकपुरमा
प्रकाशित मिति
२०८० पुष ५ गते, बिहीबार १०:५३
पुस ५, २०८० काठमाडौँ: नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि जनकपुरमा सुरु हुँदैछ । शुक्रबारसम्म चल्ने दुई दिने सम्मेलनको दिउँसो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नु हुनेछ भने बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुनेछ ।
सम्मेलनलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरि उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापालगायतका शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मधेश प्रदेश पूर्वउपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत हो । यस्तै मधेश प्रदेशकै सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरीको पनि सम्मेलनमा सहभागिता रहनेछ भने पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् ।
यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा सहभागी भएका कोइराला यो सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
सम्मेलनमा मधेश प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना प्रदेश प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
प्रतिकृया