• 2:14 pm

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

प्रकाशित मिति

२०८० पुष ४ गते, बुधबार १२:२६

पुस ४, २०८० काठमाडौँ: महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सय रुपैयाँ रहेको छ ।

प्रतिकृया