• 2:41 am

आइपीओ जारी गर्दै सर्वोत्तम स्टील्स

प्रकाशित मिति

२०८० पुष ४ गते, बुधबार १०:४१

पुस ४, २०८० काठमाडौँ: सर्वोत्तम स्टील्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यही पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । जसमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभा यस कम्पनीको कार्यालय, तीनकुने, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रतिकृया