राष्ट्रियसभा निर्वाचन : आज दलको नामावली राजपत्रमा प्रकाशित हुने
प्रकाशित मिति
२०८० पुष ४ गते, बुधबार ०९:०३
पुस ४, २०८० काठमाडौँ: राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार आज स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने भएको छ । निर्वाचन आयोगमा दर्ता भएर स्वीकृत भएका दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि आयोगले आज पठाउने कार्यसूची छ ।
आयोगले जारी गरेको कार्यसूचीअनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।
पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म १९ पदका लागि मतदान हुने आयोगले जनाएको छ ।
Related
Recent News
- एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
- महायज्ञबाट एकैदिन मंगलबार ६३ लाखभन्दा बढी संकलन
- अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
- रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ
- हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- काठमाडौं गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य
- भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु
- रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
- रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय
प्रतिकृया