शेयर बजारमा उच्च् वृद्धि, पाँच महिनापछि सेयर बजार २१ सय विन्दु माथि
प्रकाशित मिति
२०८० पुष ३ गते, मंगलवार ०४:२६

पुस ३, २०८० काठमाडौँ: यसअघि साउन १५ गते २१०६ मा थियो । त्यस यता बजार निरन्तर घटेको थियो । लगातार घटेर १८१६ सम्म पुग्यो। जसलगत्तै बजार पुन: बढ्ने क्रममा छ ।
पुस लागे यता मात्रै सेयर बजार ११०.३७ अंक वृद्धि भएको छ। जुन तीन दिनको बढोत्तरी हो। मंसिर २० गते परीक्षण गरेको १८३० को विन्दुबाट बजारले उकालो लय समाएको छ। पछिल्लो ९ वटा कारोबार मै नेप्सेले २७७ अंकको फराकिलो फड्को मारिसकेको छ। योपटक बजारमा ठूलो रकम पनि भित्रिएको छ।
५७ करोडसम्म सीमित भएको दैनिक किनबेच सोमबार झन्डै ७ अर्ब पुग्यो। जुन वर्षदिन यताकै सबैभन्दा बढी हो। मंगलबार पनि करिब ६ अर्ब हाराहारी छ । राष्ट्र बैंकको पहिलो मौद्रिक समीक्षापछि बजार झनै तेजीले वृद्धि भइरहेको छ। राष्ट्र बैंकले बैंक दर र पोलिस दर घटाएर ब्याजदर सस्तिने प्रष्ट संकेत गरेको हो। साथै पुसका लागि बैंकहरुले पनि निक्षेप दर घटाए । जसले ब्याजदर अझै घट्ने निश्चित छ ।
समीक्षामार्फत सेयरधितो कर्जामा कायम १५० प्रतिशतको जोखिम भार पनि १२५ प्रतिशमा झारेको हो। यसले लगानीकर्ताको मनोबल ह्वातै बढेको जानकारहरु बताउँछन् । योबीच बजारको लयलाई प्रभाव पार्ने अनुमान गरिएको मर्जर र एफपीओमा लाग्ने करको विवादले पनि कुनै असर गरेन। जसले गर्दा बजारको वृद्धि दिगो हुने विश्लेषण भइरहेको छ ।
मंगलबार अधिकांश क्षेत्रका सेयरमा बिक्री चाप देखियो। जसमध्ये होटलमा विशेष आकर्षण थियो। उपसमूह झन्डै ७ प्रतिशत बढेको छ। त्यस्तै उत्पादन समूह ३.७४ प्रतिशत र जीवन बीमा ३.१२ प्रतिशत बढे ।
प्रतिकृया