• 7:32 pm

भैंसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी

प्रकाशित मिति

२०८० पुष ३ गते, मंगलवार ०१:३५

पुस ३, २०८० ललितपुर : ललितपुर महानगरपालिका– २५ स्थित भैंसेपाटीमा मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।

भैंसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको प्रहरीले जनाएको छ ।

क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगलागि भएको हो । आगो नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ ।

प्रतिकृया