डा. गोविन्द केसीको अनशनविरुद्ध धनगढीमा प्रर्दशन
प्रकाशित मिति
२०८० पुष १ गते, आईतवार ०२:११

पुस १, २०८० कैलाली (बिराज रोस्यारा) : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा प्रदर्शन भएको छ ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समिति र गेटा मेडिकल विश्व विद्यालय संर्घष समितिले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रर्दशन गरेको हो । डा. केसी अनशन बस्न शुक्रबार गेटा मेडिकल विश्वविद्यालय पुगेपछि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले अवरोध गरेपछि उहाँ धनगढीमा अनसन बस्नु भएको छ ।
धनगढीमा डा. गोविन्द केसीको अनशनको विरोध गदै संघर्ष समितिले डा.केसीविरुद्ध नाराबाजी समेत गरेका छन् । डा. केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बस्नुभएको छ । सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डा.केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुग्नु भएको थियो । असनस्थलमै संघर्ष समितिले विरोध नारावाजी गरेका छन् ।
प्रतिकृया