• 1:03 pm

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन भर्ने म्याद थप

प्रकाशित मिति

२०८० पुष १ गते, आईतवार १२:४२

पुस १, २०८० काठमाडौँ : हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओमा माग गरिए जति आवेदन नपरेपछि समय थप भएको छ । मंसिर २७ गतेदेखि आईपीओ निष्कासन गरेको यस कम्पनीले पुस १ गतेसम्म छिटो अवधिका लागि आवेदन मिति तोकेको थियो ।

यसअघि आईपीओ निष्कासन गरेकै पहिलो दिन नै मागभन्दा बढी आवेदन पर्ने गरेको थियो । तर, यो कम्पनीको आईपीओमा चार दिनमा माग गरेको जति पनि आवेदन परेन ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार आइतबार बिहान १० बजेसम्म दुई करोड ३४ लाख ८३ हजार ९८० कित्ता आईपीओका लागि १२ लाख ८० हजार ५१८ जना आवेदकले आवेदन दिएका छन् ।

अब १४ लाख १६ हजार २० कित्ता आईपीओका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ । समय थप गरिएको भए पनि मागअनुसार आवेदन परेमा चार कार्यदिनमा नै निकासन तथा बिक्री बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिकृया