• 11:25 pm

सुर्तीजन्य पदार्थको बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

प्रकाशित मिति

२०८० मंसिर २९ गते, शुक्रबार ०५:०७

मंसिर २९, २०८० काठमाडौँ: उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्णप्रतिबन्ध गराउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो । टोवागो उद्योग प्रालिको निवेदनमा अदालतले उक्त निर्णय गरेको हो ।

महानगर क्षेत्रभित्र कच्चा सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोग गर्न नपाइने निर्णय गरेको थियो । उक्त निर्णयले व्यापार व्यवसायमा क्षति पुर्‍याउने भन्दै उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।

प्रतिकृया