अवाले परिवार पुग्यो सडकमा–साढे १ अरबको घर–जग्गा भू–माफियाको चंगुलमा
प्रकाशित मिति
२०८० मंसिर १५ गते, शुक्रबार ११:३५
मंसिर १५, २०८० काठमाडौँ: मिनभवनस्थित गणेश अवालेको झण्डै साढे १ अरब बराबरको घर–जग्गा भू–माफियाहरुकोे चंगुलमा परेसँगै अवाले परिवार सडकमा आएको छ । बिहिबार संवाद डबलीमा अवाले परिवारले पत्रकार सम्मेलन गरि अदालतले पनि भूमाफियाहरुकै पक्षमा फैसला गरेको आरोप लगाउँदै सामाजिक न्यायको निम्ति अपिलसमेत गरेको छ ।
न्यायको अन्तिम आशाको किरणकारुपमा रहेको सर्बोच्च अदालतले गत भदौ १५मा पीडित विरोधी फैसला गरेपछि आफूहरु सडकमा पुगेको अवालेले भावुक हुँदै बताए । करिब एक दशक न्यायको लागि अदालतको चक्कर काटेको अवाले परिवारको सर्बोच्चको फैसलाले न्यायको पूणविराम नै लगाएको कानुन व्यवसायी विष्णु बास्तोलाले बताए । सर्बोच्चले पुनरावेदन दोहोर्याई पाउँ भन्ने निबेदनमा निस्सा नपाउने निर्णय सुनाएपछि न्यायपालिकाबाट न्यायको घाँटी रेटिएको पीडित श्रीमती चिरि महर्जन अवालेले रुदै बताईन ।
अवालेको मिनभवनस्थित ४ रोपनी ८ आना ३ पैसा १ दामको जग्गा र सो जग्गामा बनेका घरलाई विभिन्न जालसाजि र किर्ते गरेर भूमाफियाहरुले आफ्नो स्वामित्वमा लगेका छन् । पीडितका अधिकृत वारेस रहेका समाजसेवी छविन्द्रराज कडेलले अदालतबाट नभए पनि सामाजबाट न्याय दिलाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
मेलमिलापको लागि भन्दै काठमाडौं महानगरपालिकाले गत मंसिर १२ गते पीडितलाई बोलाएर पीडकहरुबाटै कुटपीट गर्न लगाएको आरोपसमेत लगाएका छन् । पीडित गणेश लाल अवाले, श्रीमती चिरी महर्जन अवालेका अधिकृत वारेस छविन्द्रराज कडेलसहितलाई नगरपालिका कार्यालयमा बोलाएर महानगर प्रहरी प्रमुख राजनाथ पाण्डे र कानुन अधिकृत वसन्त आचार्यकै अगडी हतपात भएको पीडितहरु बताउँ छन् । किर्ते जालसाजी गरेर झुक्याएर आफ्नो सम्पत्ति लिन खोजे पनि कुनैपनि हालतमा नछाड्ने पीडित बताउँ छन् ।
कालु गुरुङले घर परिवारलाई फूटाउने र घर–जग्गा खालि गराउने कुनियतका साथ योजनाबद्ध रुपमा ४ आना जग्गा पास गर्ने र पुनःसोही जग्गा आफैले किनेको देखाई महानगरीपालिकामा उजुरी हाल्न लगाएको पीडितको गुनासो छ । सो जग्गामा घरसमेत पर्ने भएकोले घर खालि गर्न भनि पीडितको छोरा रविन अवालेलाई कालु गुरुङले उचाली घर खालि गराउन काठमाडौं महानगरपालिकामा उजुरी हलेको बताइन्छ । नगरपलिकाले कारवाही गरी फैसला गर्दा रविन अवालेलाई जिताईएको र फैसला बमोजिम घर खालि गर्ने १० दिने म्याद पीडित गणेश लाल अवालेको घरमा आएको थियो । सो म्याद पीडितका जेठा छोरा प्रकाश अवालेले बुझि पीडितलाई जानकारी गराएको थियो ।
नगरपालिकामा परेको उजुरीका विरुद्धमा जेष्ठ नागरिक ऐन र विश्वव्यापी मानव अधिकार ऐन लगाई नगरपालिकामा निबेदन दर्ता गर्न लग्दा सुरुमा दर्ता नगरे पनि बेलुका पख दर्ता गरेको पीडितले जानकारी दिए । सो निवेदनमा कालु गुरुङ, रविन्द्र अवाले र प्रकाश अवालेलाई छलफलको लागि नबोलाईएको भएपनि उनिहरु आएको पीडित बताउँ छन् । पीडितका अनुसार, निबेदनमा मनोजकुमार मिश्र, प्रविर सम्सेर जवरा र नारायणबहादुर कार्कीलाई झिकाई छलफल गराई पाउँ भन्ने थियो । प्रविर सम्सेरसमेतलाई जानकारी नै नदिई महानगरपालिकाले पीडितका सहयोगी छविन्द्र राज कडेललाई छोरा प्रकाश अवालेबाट कुटाउने नियतले कालु गुरुङको योजना भएको महानगरपालिकामा भएको घटनाले पुष्टि गर्द छ । त्यस्तो घटनाको विषयमा महानगरपालिका मौन बस्नुले उसको पनि पीडक पक्षदधरतालाई मलजल गर्दछ ।
प्रतिकृया