• 8:37 am

नेपाल वायुसेवा निगमको वार्षिक प्रतिवेदनमा आ.व. २०७९/८० प्रकाशित तथ्यांकलाई लिएर संचार माध्यममा आएको समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति

२०८० मंसिर १३ गते, बुधबार १२:५९

मंसिर १३, २०८० काठमाडौँ: नेपाल वायुसेवा निगमको आ.व.२०७९/८० को वार्षिक प्रतिवेदनमा प्रकाशित तथ्यांकलाई लिएर विभिन्न संचार माध्यमहरुमा आएका समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको atfPsf] छ । उक्त समाचारमा आधारको रुपमा लिइएको निगम सम्बद्ध बार्षिक तथ्यांक सही भए तापनि सन्दर्भ र विषयवस्तुको गहिराइ नकेलाइ गरिएको विश्लेषण सतही तथा एकपक्षीय भएको र त्यस प्रकृतिको सतही समाचारहरुबाट आमजनमानसमा सिर्जना भएको भ्रम निवारण तथा यथार्थ जानकारी दिनका लागि प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

१. सन् २०१९ को उत्तराद्र्धबाट ‘कोभिड–१९’ महामारीको असरले समग्र विश्व अर्थव्यवस्थालाई आक्रान्त तुल्याएको सन्दर्भ स्मरण गर्दै तत्कालीन अवस्थामा जारी विश्वव्यापी बन्दाबन्दीका कारण नेपालमा बाह्य मुलुकका विमानमार्फत अन्तर्राष्ट्रिय उडान सहज र नियमित नहँुदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको बजार उपस्थिति सन् २०१९ बाट २०२० मा १८ प्रतिशतबाट बढेर २५ प्रतिशत पुगेको तथ्यांकन भएको थियो ।
२. ‘कोभिड–१९’ महामारीको असर न्युनीकरणोन्मुख हुँदै गएपछि विश्व पर्यटन तथा हवाई उद्योग क्रमशः चलायमान हुन थाल्यो र नेपालमा बाह्य मुलुकका विमानमार्फत अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुन थाल्यो । यसबाट निगमको पूर्ववत् सन् २०२० मा तथ्यांकन भएको बजार हिस्सामा २०२१ मा तुलनात्मक रुपमा कमी देखिए तापनि निगमको उडान संख्या तथा निगमबाट यात्रा गर्ने यात्रु संख्यामा भने सन् २०२०, २०२१ बाट २०२२ मा दोब्बर भन्दा बढीले बृद्धि भएको छ र २०२३ को अन्त्यसम्ममा उक्त आँकडामा थप बृद्धि हुने देखिन्छ ।
३. निगमको वार्षिक प्रतिवेदन २०७९/८० अनुसार जम्मा अन्तर्राष्ट्रिय उडान संख्या ३,७६८ भएको र ६,२९,१४७ संख्यामा यात्रु ओसारेको निगमको बजार हिस्सा १६.५६ प्रतिशत रहेको थियो भने सोही अवधिको औसत सिट फ्याक्टर ८१ प्रतिशत रहेको थियो, जुन तथ्यांकले निगमले बजार हिस्सा र व्यवसायमा कमी नभइ क्रमिक बढोत्तरी एवं सुधार हुँदै गएको तथ्य पुष्टि गर्दछ ।
४. राष्ट्रिय ध्वजावाहकको विमान संख्या सम्भावित बजारको तुलनामा कमी भएको तथ्य सर्वविदितै छ र सोही न्युन विमान संख्याका कारण बजार हिस्सामा कमी देखिनुलाई स्वाभाविक मान्नु पर्ने वाध्यता हामीसँग रहेको भए तापनि उडान संख्यामा कमी आउन नदिन निगम चनाखो र दृढ छ । पर्याप्त संख्यामा जहाज नभएको कारण निगमको व्यावसायिक उपलब्धिका विविध अवरोधक हुँदाहुँदै पनि

तुलनात्मक लाभका नयाँ गन्तव्यको खोजी कार्यलाई निगमले रणनीतिक प्राथमिकतामा राखेको छ । प्रतिस्पर्धी बन्दै गइरहेको विश्व उड्डयन बजारमा निगमले आफुसंग उपलब्ध भएका न्युन स्रोतसाधनको पूर्ण क्षमतामा उपयोग गरी आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहसहित व्यावसायिक धर्मलाई थप दृढतापूर्वक आत्मसात् गर्ने प्रतिवद्धता दोहो¥याउन चाहन्छौं ।
तसर्थ पर्याप्त जानकारीविना प्रकाशित सतही तथा एकपक्षीय समाचार सामग्रीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यावसायिक हित र शाखमा प्रत्यक्ष आँच पुग्न जाने हुँदा आगामी दिनमा त्यस प्रकृतिका समाचार सम्प्रेषण गर्नुपूर्व समाचारको सार्वजनिक मूल्य, गुणवेत्ता, निष्पक्ष पत्रिकारिताका मूल्य र छापा तथा सञ्चार माध्यमले पालना गर्नु पर्ने आचार संहिता एवं विश्व्यापी सन्दर्भ समेतलाई मध्येनजर गरी समाचार सम्प्रेषण गरिदिनहुनु सवैमा अनुरोध गरिन्छ ।

प्रतिकृया