• 7:44 am

तीनकुनेमा आन्दोलन गर्न आएका प्रसाईँका समर्थक पक्राउ

प्रकाशित मिति

२०८० मंसिर ८ गते, शुक्रबार १२:१३

मंसिर ८, २०८० काठमाडौँ: तीनकुनेमा आन्दोलन गर्न आएका दुर्गा प्रसाईँका समर्थकहरु पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानअन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि तीनकुनेमा भेला भएका समर्थकलाई प्रहरीले धरपकड गरेको हो ।


प्रहरीले तीनकुनेबाट प्रसाईँका ७ जना जति समर्थकहरु पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई भ्यानमा हालेर चौकी लगिएको छ । बिहिबाार बल्खुमा यूवा भेला पारेर प्रदर्शन गरेका प्रसाईँले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । काठमाडौं जिल्ला प्रशासनले भने गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै प्रदरशन गर्न अनुमति नभएको बताएको थियो । कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो ।


तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । यता, प्रसाई पनि आफ्नै घरमा नजरबन्दमा परेका छन् । उनलाई घरबाहिर निस्कन दिईएको छैन । नजरबन्द पछि प्रत्रकार सम्मेलन गर्दै प्रसाईँले आफ्नो आन्दोलन नरोकिने बताएका छन् ।

प्रतिकृया