नेपाली कांग्रेसको सांसद प्रदिप पौडेलको नेतृत्वमा नलगाड नगरपालिकामा घर टहरा निर्माण
प्रकाशित मिति
२०८० मंसिर ८ गते, शुक्रबार ११:३१
मंसिर ८, २०८० काठमाडौँ: ‘जाजरकोट भुकम्प’ बाट प्रभावित बस्तिहरुमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार केन्द्रीय सदस्य प्रदिप पौडेलको नेतृत्वमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ०५ रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सय अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको नेपाली कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।
साथै उक्त अभियानमा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, पालुङ्टार नगरपालिकाका पूर्व मेयर ई. दिपकवावु कँडेल, नेपाली कांग्रेस जाजरकोटका नेताहरू— महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मी र नेविसंघका नेताहरु, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवकहरू संलग्न रहेको पनि बताएको छ ।
दुःखको यो बेलामा योगदान गर्नु हुने पार्टीका सबै साथीहरुको नेपाली कांग्रेस उच्च प्रशंशा गरेको र उक्त अभियानमा थप क्रियाशील भई निरन्तर लागि पर्न सबैलाई अपिल गरेको छ ।
प्रतिकृया