• ०६:२३ २०८१ बैशाख ७ गते
  • 6:23 am

तीनकुने र बल्खुमा जामर भेहिकल सञ्चालन

प्रकाशित मिति

२०८० मंसिर ७ गते, बिहीबार ०१:४९

jammer

मंसिर ७, २०८० काठमाडौँ: बल्खुमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । अाज दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको हाे । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ ।


मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन स्थानमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ । तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।


जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

प्रतिकृया