• ०९:३८ २०८१ बैशाख ४ गते
  • 9:38 am

राष्ट्रपतिद्वारा हरिबोधिनी एकादशीको विशेष पूजा अर्चना- तस्बिरहरु

प्रकाशित मिति

२०८० मंसिर ७ गते, बिहीबार १२:३०

rastra

मंसिर ७, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति निवास शीतल निवासमा उहाँहरूले आज तुलसीको विशेष पूजा अर्चना गर्नुभएको राष्ट्रपति कार्यालयको ट्वीटरमा उल्लेख छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउने गरिन्छ ।

प्रतिकृया