मेडिकल व्यवसायी प्रसाईं समूहको प्रदर्शन आज, यस्तो छ रुट
प्रकाशित मिति
२०८० मंसिर ७ गते, बिहीबार ०९:२५

मंसिर ७, २०८० काठमाडौँ: मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले आज प्रदर्शन गर्दैछ ।
अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो । अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ ।
त्यहाँबाट जुलुस काठमाडौँको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ । जुलुसमा धार्मिक झण्डा र राष्ट्रिय झण्डाबाहेकका अन्य झण्डाहरु प्रयोग गर्न निषेध गरिएको माण्डव्यको भनाई छ ।
जुलुसको अग्रस्थानमा धर्मगुरु, ओमकार परिवारलगायतलाई राखेर आम नागरिकहरू पछि लाग्ने उनले जानकारी दिएका छन् ।
यस्तो छ रुट :

प्रतिकृया