कस्तो हुनेछ आज काठमाडौंको मौसम ?
प्रकाशित मिति
२०८० मंसिर ७ गते, बिहीबार ०८:३६
मंसिर ७, २०८० काठमाडौँ: पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको विभागले बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
काठमाडौंमा आज मौसम बदली हुनेछ । “काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ,” मौसमविद् गंगा नगरकोटीले भनिन्, “काठमाडौंमा आज दिनभर घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ ।”
विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताएको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिकृया