• ०९:३९ २०८१ बैशाख ४ गते
  • 9:39 am

कतारका विदेश राज्यमन्त्री साेल्तान बिन आज नेपाल आउँदै

प्रकाशित मिति

२०८० मंसिर ७ गते, बिहीबार ०८:३२

qatar

मंसिर ७, २०८० काठमाडौँ: कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरखिस बिहीबार नेपाल आउँदैछन् । दुई दिने भ्रमणका लागि उनी आज काठमाडौं आउन लागेका हुन् ।

भ्रमणका क्रममा कतारी विदेशी राज्यमन्त्री साेल्तान बिन साद अल-मुरखिसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने बताइएकाे छ ।

उनी परराष्ट्रमन्त्री साउदको औपचारिक निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

साथै उनले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएकाे छ। दुई दिने भ्रमण सकी उनी शुक्रबार स्वदेश फर्कने छन् ।

प्रतिकृया