आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान
प्रकाशित मिति
२०८० मंसिर ६ गते, बुधबार ०३:०७

मंसिर ६, २०८० काठमाडौँ: मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इन्सेकले आह्वान गरेको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मङ्सिर ६ गते विज्ञप्ति जारी गर्दै मङ्सिर ७ गते गर्ने भनिएका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गर्नुभएको छ ।
‘विगत लामो समयदेखि इन्सेकले गर्दै आएको मानव अधिकार अनुगमन कार्यलाई भोलि हुने प्रदर्शनका सन्दर्भमा पनि हामी निरन्तरता दिँदैछौँ । इन्सेकले प्रदर्शनको निष्पक्ष अनुगमन तथा अभिलेख गरी साथै मङ्सिर ७ गते साँझ नै प्रारम्भिक प्रतिवेदन प्रकाशन गर्नेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

Recent News
- हिमाल आरोहण सुरु
- आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
- नेकपा (बहुमत)ले घोषणा गर्यो सम्पत्ति छानबिनको आन्दोलन
- सेयर बजारमा गिरावट
- सुदूरपश्चिममाथि मधेश प्रदेशको रोमाञ्चक जित
- सूचना प्रकाशित गर्ने मिडियाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध मुद्धा दायर
प्रतिकृया