अवैध लागु औषध कोकिन १ के.जी. ९७३ ग्राम सहित १ जना बिदेशी नागरिक पक्राउ
प्रकाशित मिति
२०८० मंसिर ५ गते, मंगलवार ०१:१८

मंसिर ५, २०८० काठमाडौँ: लागु औषधि नियन्त्रण ब्युरो कोटेश्वरले लागु औषध कारोबारको अन्तराष्ट्रिय तस्करीको नियन्त्रण तथा अनुसन्धानको लागी विषेश सूचनाको आधारमा हवाई मार्ग हुँदै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भएर नेपाल भित्रिने शंकास्पद बिदेशी नागरिकहरुको बिशेष निग्रानी गर्दै जाँदा बिदेशी नागरिकलाई लागु औषध कोकिन सहित पक्राउ गरी निज उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको जनाएको छ ।
मिति २०८०।०८।०४ गते हिमालय एयरलाईन्सको उडान नम्वर H9564 बाट दोहा हुँदै काठमाडौं अवतरण गरेकी भारतीय नागरिक पासपोर्ट नम्वर S1404586 भएकी बर्ष ३२ कि KIMROSANGI लाई ऐ. मितिको ११:४५ बजे जिल्ला काठमाडौं, का.म.न.पा.वडा न-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा फेला पारी निजको शरीर तथा लगेज खानतलासी गर्दा निजले ल्याएको कालो रङको सुटकेसको माथिल्लो भागमा फल्स बटम बनाई कालो प्लाष्टिकको प्याकेट बनाई लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध कोकिन १ किलो ९७३ ग्राम फेला पारी बरामद गरी निजलाई लागु औषध कोकिन सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ ।
प्रतिकृया